Friday, April 19, 2019

ओलीबाट मुक्ति खोज्ने बेला भयो : देउवा

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारबाट मुक्ति पाउन आन्दोलन गर्ने बेला भएको बताएका छन् । सरकारले सबैलाई दुःख दिएको उनको दाबी छ ।
नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले ओली सरकारको अत्याचार बढेको बताए । निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको साटो बचाउन लागेको, महंगी बढेको भन्दै उनले, एउटा पनि राम्रो काम गर्‍यो भन्न सक्ने अवस्था छैन ।
सरकारले सबैलाई दुःख दिएको भन्दै उनले भने, ‘ओलीसँग मुक्ति खोज्ने बेला भएको छ । भोलिको दिनमा आन्दोलन गर्न विद्यार्थी भाइहरुले पूरा तयारी गर्नुपर्छ ।
कांग्रेस सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन पनि दिए । नेविसंघकै नेताहरुको परामर्शको आधारमा ३२ वर्षे उमेर हद लागू गर्ने नगर्ने निर्णय भन्दै उनले नेतृत्वको चयनमा अन्याय नगर्ने आश्वासन दिएका छन् ।